जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ « Khabarhub

जेन-जी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त विनोद विकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नुवाकोटको लिखु गाउँपालिका–६ का २९ वर्षीय विकलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कात्तिक २३ गते काठमाडौं तारकेश्वर नगरपालिका–५, अर्यालटारबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी पुनः जगन्नाथदेवल कारागार, सुन्धारामा बुझाइएको छ।

विकले २०७७ साल असार १३ गतेदेखि उक्त कारागारमा कैद भुक्तान गरिरहेका थिए। तर, २०८२ साल भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट फरार भएका थिए।

फरार भएपछि सीआईबीले उनलाई खोजी सूचीमा राख्दै देशभर खोजतलास जारी गरेको थियो। पाँच वर्ष कैद भुक्तान गरिसकेका विनोदको अझै २० वर्ष कैद बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ८ : ५३ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा