राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन « Khabarhub

राप्रपाको महाधिवेशन टारेर एक वर्ष कार्यकाल लम्ब्याउँदै राजेन्द्र लिङ्देन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक मंसिर २४ गतेसम्मलाई सरेको छ। यही कात्तिक २७ र २८ गतेका लागि बोलाइएको बैठक मंसिर २४ र २५ गतेका लागि सारिएको हो।

‘कार्तिक २७ र २८ गतेका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवश मंसिर २४ र २५ गते काठमाण्डौंमा बस्ने गरी तोकिएको छ’ महामन्त्री राजेन्द्र गुरुङले जारी विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष राजेन्द्र लिङ्देन र दुई जना पूर्वअध्यक्षहरूको आपसी परामर्शपछि केन्द्रीय समितिको बैठक सारिएको बताइएको छ। ९ महिनादेखि राप्रपा केन्द्रीय समिति बैठक बस्न सकेको छैन।

राप्रपाको वर्तमान कार्यसमितिको कार्यकाल आगामी मंसिर १८ गते सकिँदैछ। तर बैठक नै मंसिर २४ गते बोलाएपछि राप्रपामा विधानको प्रयोग गरी कार्यकाल थप्ने तयारी भएको बुझिन्छ। राप्रपाको विधानले अध्यक्षको प्रस्तावमा एक वर्ष कार्यकाल थप्न सकिने प्रावधान छ। राप्रपाको लिङ्देन नेतृत्वको कार्यसमिति ०७९ मंसिरमा निर्वाचित भएको हो।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली