जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ | Khabarhub Khabarhub

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा मोटरसाइकल चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखा घर भई हाल पोखरा–५ बस्ने २८ वर्षीय दीपक कुँवर र धादिङ घर भई पोखरा बस्ने २३ वर्षीय दीपक राना मगर छन्। उनीहरू भदौ २४ गतेको आन्दोलनका बेला लुटपाट, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

उनीहरूको साथबाट प्रहरीले डेल कम्पनीका तीनवटा सीपीयू, एकवटा मनिटर, किबोर्ड, माउस, प्रिन्टर, मल्टिप्लग सहित विभिन्न व्यक्तिका नाममा रहेका ३६ वटा सवारी चालक अनुमति पत्र बरामद गरेको जनाएको छ। साथै बा ५९ प ८४३८ नम्बरको पल्सर मोटरसाइकल पनि फेला पारिएको छ।

कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अदालतबाट चार दिनको म्याद थप गरी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, आन्दोलनकै क्रममा जिल्ला प्रहरी कार्यालय परिसरबाट सवारीसाधन चोरी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।जिल्ला ट्राफिक कार्यालय अगाडि पार्किङमा राखिएको ग ६ प २०६१ नम्बरको मोटरसाइकल चोरी गर्ने पोखरा–५ का विश्वराज परियार र पोखरा–१४ का देवकुमार लोदिया पक्राउ परेका हुन्।

उनीहरूले प्रहरी कर्मचारीकै मोटरसाइकल चोरी गरी चलाएको प्रहरीले जनाएको छ। दुवैजनामाथि चोरी सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ४७ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो