बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा « Khabarhub

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल प्र्रवेश गर्ने क्रममा त्रिपुराले जनसेवा क्रिकेट क्लबमाथि ६ विकेटको जित निकाल्यो ।

जनसेवाले दिएको ९५ रनको सामान्य लक्ष्य त्रिपुराले ११ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि त्रिलोक महरले ३४, महेन्द्र थापाले २५ र लोकेन्द्र थापाले १५ रनको योगदान दिए । बलिङतर्फ जनसेवाका लागि रुपेश चन्द र कमलेश महरले २/२ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको जनसेवाको पारी २१ दशमलव ५ ओभरमा ९४ रनमा समेटियो । उसका लागि भरत चन्दले अविजित १९, मनिस दयालले १९, किसन चन्दले १३ र रुपेश चन्दले ११ रन जोडे ।

बलिङतर्फ त्रिपुराका रन्जित सिंह थापाले ३ विकेट लिए । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यस्तै पियुस थापा र सन्तोष चन्दले २÷२ विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए । गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लबले जितेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ५७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको