बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा « Khabarhub

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल प्र्रवेश गर्ने क्रममा त्रिपुराले जनसेवा क्रिकेट क्लबमाथि ६ विकेटको जित निकाल्यो ।

जनसेवाले दिएको ९५ रनको सामान्य लक्ष्य त्रिपुराले ११ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि त्रिलोक महरले ३४, महेन्द्र थापाले २५ र लोकेन्द्र थापाले १५ रनको योगदान दिए । बलिङतर्फ जनसेवाका लागि रुपेश चन्द र कमलेश महरले २/२ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको जनसेवाको पारी २१ दशमलव ५ ओभरमा ९४ रनमा समेटियो । उसका लागि भरत चन्दले अविजित १९, मनिस दयालले १९, किसन चन्दले १३ र रुपेश चन्दले ११ रन जोडे ।

बलिङतर्फ त्रिपुराका रन्जित सिंह थापाले ३ विकेट लिए । उनी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । यस्तै पियुस थापा र सन्तोष चन्दले २÷२ विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए । गत वर्ष सम्पन्न २१औँ संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लबले जितेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : ५७ बजे

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी