कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर « Khabarhub

कांग्रेसले पनि गराउन थाल्यो विघटित संसद्का सदस्यलाई हस्ताक्षर


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाका सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेको छ। निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले कानुनी प्रक्रियाका लागि हस्ताक्षर संकलन गरिएको जानकारी दिए।

‘कानुनी कामकारबाहीका लागि विघटित प्रतिनिधि सभाका हाम्रा सदस्यहरूको हस्ताक्षर संकलन गरिरहेका छौँ। कानुनी कामकारबाहीका लागि हस्ताक्षर गरिएको हो,’ उनले भने।

संकलित हस्ताक्षर पार्टी केन्द्रीय समितिमा बुझाउने उनको भनाइ छ। नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष यसअघि नै निकालिसकेको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो। उनले सोही दिन प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेकी थिइन्।

मन्त्रिपरिषद्को सिफारिस बमोजिम पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ। अहिले दल दर्ताको काम निर्वाचन आयोगले गरिरहेको छ।

विघटनअघि प्रतिनिधि सभामा सबैभन्दा धेरै सांसद भएको कांग्रेसका ८८ जना सांसद थिए। त्यस्तै नेकपा एमालेले भने प्रतिनिधि सभा पुन:स्थापनालाई मुख्य एजेन्डा बनाउँदै यसअघि नै विघटित संसद्का सदस्यहरूको हस्ताक्षर गरिसकेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : २३ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय