एभरेष्ट भेट्रान कपमा युनाइटेडको विजयी सुरुवात « Khabarhub

एभरेष्ट भेट्रान कपमा युनाइटेडको विजयी सुरुवात


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप फुटबल प्रतियोगितामा युनाइटेड भेट्रान क्लबले विजयी सुरुवात गरेको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित सोमबार डाँगीहाट रंगशालामा सुरु भएको प्रतियोगितामा चन्द्रगढी भेट्रान क्लबलाई ५–१ गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो ।

खेलको तेस्रौँ मिनेटमा युनाइटेडका महेन्द्र विश्वास खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसलगत्तै खेलको आठौँ मिनेटमा युनाइटेडका तेजमान लिम्बूले दोस्रो गोल थप्दै टिमलाई २–० गोलले अघि बढाए ।

खेलको १६औँ मिनेटमा युनाइटेडका निराजन बस्नेतले तेस्रो गोल गरे । पुनः खवासले एक गोल थप्दै व्यक्तिगत रूपमा दोस्रो तथा टिमका लागि चौथो गोल गर्न सफल भए ।

खेलको ३३औँ मिनेटमा चन्द्रगढीका प्रेमकुमार लिम्बूले एक गोल फर्काउँदै टिमलाई ४–१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ५६औँ मिनेटमा युनाइटेडका खवासले ह्याट्रिक गोल गर्दै टिमलाई ५–१ गोलको जित दिलाए । उत्कृष्ट प्रदर्शनका आधारमा खवास म्यान अफ दि म्याच घोषित बनेका छन् ।

एभरेष्ट भेट्रान मोरङको आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ४८ बजे

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण