एमालेको महाधिवेशनका लागि यसरी हुँदै छ यातायात व्यवस्थापन « Khabarhub

एमालेको महाधिवेशनका लागि यसरी हुँदै छ यातायात व्यवस्थापन


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।

एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको हो ।

काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले जानकारी दिए ।

यस्तै, काठमाडौँदेखि पूर्वतर्फबाट आएका सवारी साधनलाई जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था मिलाइएको छ । 

यस्तै, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका सवारीसाधनलाई भने कमलविनायक करिडोरमा पार्किङको व्यवस्था मिलाइएको अध्यक्ष गौतमले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाधिवेशन यातायात व्यवस्थापन समितिले महाधिवेशनमा भाग लिन आएका सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको संयुक्त प्रतिनिधि रहने गरी १५ सदस्यीय यातायात व्यवस्थापन समिति गठन गरेको थियो ।

अध्यक्ष गौतमले हाल तीन हजार सार्वजनिक भाडाका सवारीसाधन र दुई हजार निजी सवारीसाधन पार्किङका लागि व्यवस्थापन गरिए पनि थप सवारीसाधन आएमा अन्य ठाउँमा पार्किङ गर्ने गरी व्यवस्था मिलाइएको बताए । उनले महाधिवेशनमा आएका सवारीसाधन पार्किङका लागि समस्या नहुने उल्लेख गरे ।

आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुन लागेको एमालेको महाधिवेशनमा भाग लिन हाल ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौँ आइसकेको बताइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ०८ बजे

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी– यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

पाटन (ललितपुर)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात,

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी

उपाधिदेखि पुछारसम्म : कहाँ चुक्यो जनकपुर ?

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल जित्दै इतिहास रचेको