धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक « Khabarhub

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ । 

हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डसम्म यही खेल मैदान आयोजना गर्न थालिएको छ । 

यसपटक गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका केही खेल यही खेल मैदानमा हुने तयारी छ । तर यसरी उत्साह पूर्णरुपमा प्रतियोगिता आयोजना भइरहेको मैदान भने खेलाडी र दर्शकमैत्री छैन । बर्खामा हिलाम्मे खेलमैदान हिउँदमा धुलाम्मे हुन्छ । न हरियाली छ न व्यवस्थित प्याराफिट । खेलाडी धुलोमै खेल्छन्, दर्शक धुरोमै बसेर हेर्न बाध्य भएका छन् । 

खेल अगाडि छर्केको पानी क्षणभरमै सुक्ने गरेको छ भने धुलो उडेर खेल प्रभावित हुने गरेको खेलाडीको गुनासो छ । जिल्लाकै ठूलो खेलमैदानका रुपमा रहेको बाङ्गेचौर खेलमैदान पूर्वाधारको अभावका बीच खेल सञ्चालन गर्न बाध्य रहँदै आएको छ । 

बागलुङ नगरपालिकाले रु तीन लाख ३३ हजार पुरस्कार राशिको तेस्रो मेयरकप मङ्सिर १४ देखि १८ गतेसम्म सम्पन्न भएको थियो । 

सयौँ दर्शकको बीचमा सञ्चालनमा आएको खेलमा खेलाडीको उत्साह र दर्शकको हौसलामा कमी नभएको मेयरकपमा दर्शकहरु मैदानको भित्ता, रुख र चौतारीमा बसेर  हेर्न बाध्य भएका थिए । 

लेबल नमिलेको मैदानमा धुलो उडेका कारण खेलाडीलाई खेल खेल्न सास्ती भए पनि सबै कुरा बिर्सेर खेलाडी गोल गर्न मात्रै केन्द्रित हुने मेयर कपको उपाधि चुमेका कप्तान निसान थापा बताउँछन् । 

‘खेलाडीका लागि समथर हरियाली मैदान भए कति सहज हुन्थ्यो, मैदानमा धुलोको हुँदैन गोल गर्न हाम्रो ध्यान केन्द्रित हुन्छ, तर खेल सकिएपछि धुलोका कारण श्वासप्रश्वासमा समस्या देखिने, आँखा पोल्ने हुन्छ’, थापाले भने, ‘दर्शक धुलोमै बसेर खेल हेरेका हुन्छन्, दमकलको पानीले धुलो मारे पनि केही छिनमै धुलो उडिहाल्छ, भनेको ठाउँमा बल नजाँदा कतिपय गोल गर्न नसकिएको उदाहरण छ, कम्तीमा मैदान समथर र हरियाली मात्रै भए खेलाडीलाई ठूलो राहत हुन्थ्यो ।’

 बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना ‘डिपिआर’मै थन्किएको छ । थापाले खेलमैदानमा पानी नहाली खेल्ने हो भने धुलोले खेलाडी नै नचिनिने अवस्था रहेको सुनाए  । 

खेलमैदानमा खानेपानी, शौचालय र पोसाक परिवर्तन गर्ने कोठा छैन । बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बाङ्गेचौर खेलमैदान जिल्लाकै गहना भएको बताउँदै बाङ्गेचौरको स्तरोन्नतिका सपना अझै पूरा गर्न नसकिएको बताए । 

उनले खेलमैदान सामुदायिक वनसँग जोडिएकाले पूर्वाधार निर्माण गर्न समस्या भएको बताए । यसअघि रङ्गाशाला बनाउन सङ्घीय सरकारबाट आएको रु आठ करोड बजेट रुख काट्न नसक्दा फिर्ता भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : २० बजे

विश्वले अभूतपूर्व जल संकटको सामना गरिरहेको छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्व अभूतपूर्व

भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे प्रधानमन्त्री कार्कीलाई

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी– यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

पाटन (ललितपुर)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात,