काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा विराटनगरले टस जितेको छ ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई टोली क्वालिफायरमा पुगेका हुन् ।
अङ्क तालिकामा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो । विराटनगर चाहिँ दोस्रो स्थान रहेर क्वालिफायर पुगेको हो ।
लिग चरणमा ७ खेल खेलेको सुदूरपश्चिमले ६ मा जित हासिल गर्दै १२ अङ्क प्राप्त गरेको थियो । सुदूरपश्चिमले लिग चरणमा सबै टोलीसँग जित हासिले गरेपनि विराटनगरसँग पराजित भएको थियो ।
अर्कोतर्फ विराटनगरले लिग चरणमा ७ मध्ये ५ मा जित र दुईमा हार व्यहोरेको थियो । विराटनगरले लिग चरणमा चितवन राइनोज र लुम्बिनी लायन्ससँग पराजय व्यहोरेको थियो ।








































प्रतिक्रिया