डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका ज्याक्सन र मुख्तार « Khabarhub

डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका ज्याक्सन र मुख्तार


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सका ब्याटर शेल्डन ज्याक्सन र ओपनर मुख्तार अहमद सस्तैमा आउट भएका छन् ।

ज्याक्सन ७ ओभरको पाँचौ बलमा आउट भएका हुन् । उनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । उनी विराटनगरका सूर्य तामाङको बलमा लोकस बममार्फत् स्टम्पिङ भएका हुन् ।

मुख्तार भने पहिलो विकेटका रुपमा १० बलमा २ चौकाको सहयोगमा १० रन बनाए विराटनगरका मर्चेन्ट डी ल्याङ्गेका बलमा आउट भएका हुन् । मर्चेन्टले उनलाई २ ओभरको पाँचौ बलमा क्लिन बोल्ड गरेका हुन् ।

यस सिजनमा उनीहरु दुवैको यो डेब्यू खेल हो । जोश ब्राउन र क्रिस लीन सिजनबाट बिदा भएपछि उनीहरुको स्थान यी दुईलाई सुदूरपश्चिमले ल्याएको हो ।

खेल ८ ओभरमा पुग्दा सुदूरपश्चिम २ विकेटको क्षतिमा ६३ रनको अवस्थामा छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ४३ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक