डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका ज्याक्सन र मुख्तार « Khabarhub

डेब्यू खेलमा चलेनन् सुदूरपश्चिमका ज्याक्सन र मुख्तार


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार जारी पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सका ब्याटर शेल्डन ज्याक्सन र ओपनर मुख्तार अहमद सस्तैमा आउट भएका छन् ।

ज्याक्सन ७ ओभरको पाँचौ बलमा आउट भएका हुन् । उनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । उनी विराटनगरका सूर्य तामाङको बलमा लोकस बममार्फत् स्टम्पिङ भएका हुन् ।

मुख्तार भने पहिलो विकेटका रुपमा १० बलमा २ चौकाको सहयोगमा १० रन बनाए विराटनगरका मर्चेन्ट डी ल्याङ्गेका बलमा आउट भएका हुन् । मर्चेन्टले उनलाई २ ओभरको पाँचौ बलमा क्लिन बोल्ड गरेका हुन् ।

यस सिजनमा उनीहरु दुवैको यो डेब्यू खेल हो । जोश ब्राउन र क्रिस लीन सिजनबाट बिदा भएपछि उनीहरुको स्थान यी दुईलाई सुदूरपश्चिमले ल्याएको हो ।

खेल ८ ओभरमा पुग्दा सुदूरपश्चिम २ विकेटको क्षतिमा ६३ रनको अवस्थामा छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ४ : ४३ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।