झापा १ बाट विश्वप्रकाशको नाम सर्वसम्मत सिफारिस  « Khabarhub

झापा १ बाट विश्वप्रकाशको नाम सर्वसम्मत सिफारिस 


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापा क्षेत्र नम्बर १ ले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई एकल रूपमा अघि सारेको छ। 

क्षेत्रीय कार्यसमितिको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा जिल्ला कार्यसमितिमा पठाएको छ।

क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीका अनुसार अन्य कुनै नाम प्रस्ताव गरिएको छैन। समितिले शर्मा नै उपयुक्त उम्मेदवार ठहर गर्दै सिफारिस गरेको उनले बताए।

शर्मा २०७९ को निर्वाचनमा झापा १ बाट विजयी भएका थिए। २०७४ को प्रतिनिधि सभा चुनावमा उनी यहीँबाट पराजित भएका थिए । २०७० को संविधान सभा निर्वाचन पनि उनी यही क्षेत्रबाट लडेका थिए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ५ : २४ बजे

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान्, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासन ?

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको