महाधिवेशनमा नेतृत्व चयनमा सहमतिकै लागि प्रयास : एमाले सचिव भट्ट « Khabarhub

महाधिवेशनमा नेतृत्व चयनमा सहमतिकै लागि प्रयास : एमाले सचिव भट्ट


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले महाधिवेशनमार्फत नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने बताएका छन् ।

प्रेस चौतारीले मंगलबार काठमाडौंमा आयोजना गरेको महाधिवेशन केन्द्रीत सम्वादमा उनले पार्टी नेतृत्व चयनमा सहमतिका लागि अधिकतम प्रयास गर्ने र त्यसो हुन नसके लोकतान्त्रीक विधिबाट पार्टी कार्यकर्ताले नेतृत्व चयन गर्ने बताएका हुन् । पार्टीमा आफ्ना विचारहरुलाई स्वस्थ तवरले राख्नुपर्ने भन्दै अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई हित नगर्ने उनले बताए ।

त्यस्तै भट्टले अहिलेको विषम परिस्थितिमा देश र पार्टीलाई एकताबद्ध भएर अघि बढाउनका लागि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्ने धारणा राखे । एमालेले संसद् पुनर्स्थापनामा जोड दिएपनि आगामी दिनमा हुने निर्वाचनमा पार्टीलाई बलियो बनाउन पनि एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ । 

भट्टले पार्टीको आवश्यकतामा नेतृत्वको सुझावका आधारमा पार्टीमा उचित भूमिका निर्वाह गर्न आफू तयार रहेको स्पष्ट पारे। पार्टीमा सचिवकै भूमिकामा दोहोरिन आफूलाई इच्छा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : १७ बजे

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न

‘अख्तियार जस्तो निकाय अनावश्यक ‘पपुलिजम’को पछाडि लाग्नु हुँदैन’

काठमाडौं– जेन-जी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकाएक सक्रिय भएको

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले