महाधिवेशनमा नेतृत्व चयनमा सहमतिकै लागि प्रयास : एमाले सचिव भट्ट « Khabarhub

महाधिवेशनमा नेतृत्व चयनमा सहमतिकै लागि प्रयास : एमाले सचिव भट्ट


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले महाधिवेशनमार्फत नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने बताएका छन् ।

प्रेस चौतारीले मंगलबार काठमाडौंमा आयोजना गरेको महाधिवेशन केन्द्रीत सम्वादमा उनले पार्टी नेतृत्व चयनमा सहमतिका लागि अधिकतम प्रयास गर्ने र त्यसो हुन नसके लोकतान्त्रीक विधिबाट पार्टी कार्यकर्ताले नेतृत्व चयन गर्ने बताएका हुन् । पार्टीमा आफ्ना विचारहरुलाई स्वस्थ तवरले राख्नुपर्ने भन्दै अस्वस्थ प्रतिस्पर्धाले पार्टीलाई हित नगर्ने उनले बताए ।

त्यस्तै भट्टले अहिलेको विषम परिस्थितिमा देश र पार्टीलाई एकताबद्ध भएर अघि बढाउनका लागि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्ने धारणा राखे । एमालेले संसद् पुनर्स्थापनामा जोड दिएपनि आगामी दिनमा हुने निर्वाचनमा पार्टीलाई बलियो बनाउन पनि एकताबद्ध हुन आवश्यक रहेको उनको भनाइ छ । 

भट्टले पार्टीको आवश्यकतामा नेतृत्वको सुझावका आधारमा पार्टीमा उचित भूमिका निर्वाह गर्न आफू तयार रहेको स्पष्ट पारे। पार्टीमा सचिवकै भूमिकामा दोहोरिन आफूलाई इच्छा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ६ : १७ बजे

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति