विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा « Khabarhub

विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्सविरुद्ध सहज जित निकाल्दै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगर १४ ओभर १ बलमा ७८ रनमै सीमित भयो । सुदूरपश्चिले ७७ रनको सहज जित निकाल्यो ।

विराटनगरले बनाएको ७८ रन सिजनकै सबैभन्दा कमजोर हो । यसअघि लिग चरणको १५ औं खेलमा काठमाडौं गोर्खाजले लिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ८९ रन बनाएको थियो ।

विराटनगरले लिग चरणमा सुदूरपश्चिमलाई जितेर पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । सुदूरपश्चिमले उक्त हारको बदला लिएको छ ।

विराटनगरले अब इलिमिनेटरमा काठमाडौं गोर्खाजका र लुम्बिनी लायन्सबीचको खेलको विजेतासँग दोस्रो क्वालिफयरमा प्रतिस्पर्धा गर्न पाउनेछ । सो खेल जितेमा फाइनलमा फेरि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्न पाउनेछ । अर्थात्, विराटनगरको फाइनल खेल्न सम्भावना कायमै छ ।

यस जितको निर्णायक सुदूरपश्चिमका ओपनर ब्याटर बिनोद भण्डारी बने । उनले ५२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६३ रन जोड्दै इनिङ उकासेका थिए । उनले १८ ओभरको अन्तिम बलसम्म क्रिजमा टिके ।

उनलै ब्याटिङ उकास्दा सुदूरपश्चिम ७ विकेटको क्षतिमा १५५ रनको अवस्थामा पुगेको थियो । यसका लागि शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे । हर्मितले १४ रन ओपनर मुख्तार अहमदले १० रन जोडे ।

जवाफी ब्याटिङमा उत्रिको विराटनगरका ओपनर साम हिजलेट गोल्डेन डक आउट भए । अर्का खेलाडी नरेन भट्ट डक आउट भए ।

पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका मार्टिन गुप्टिल पनि सस्तैमा आउट भए । ३ बलमा ३ रन बनाएर उनी रन आउट भए ।

विराटनगरका फाप डुप्लेसीले सर्वाधिक ३६ रन बनाए । उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बसिर अहमदले १२ र मर्चेन्टडी ल्याङ्गेले १५ रन जोडे । अन्य ब्याटरहरुले दोहोरो रन बनाउन सकेनन् ।

पहिलो ओभरमा २ विकेट गुमाएको विराटनगरले पछिसम्मै ब्याटिङमा लय समात्न सकेन ।

 बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेइजन, हर्मित सिंह र अभिनाश बोहोराले समान २–२ विकेट लिए । हेमन्त धामीले र कप्तान दीपेन्द्रसिंह ऐरीले सामान १–१ विकेट लिए । विराटनगरका मार्टिन गुप्टिल र प्रतीस जीसी रन आउट भएका हुन् । 

कुगेलेइजनले विराटनगरका ओपनर साम हिजलेटको महत्त्वपूर्ण विकेट लिए । हेमन्त धामीले अर्का ओपनर तथा सर्वाधिक रन बनाउने डुप्लेसीको विकेट लिए ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ११ बजे

ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर– आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको