भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट    « Khabarhub

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल भ्रमण क्रममा प्रधानमन्त्री सुशीला कार्कीसहितको उच्च नेतृत्वलाई भेट गरेका छन्। 

भेटमा नेपाल–भारत सहकार्यका चलिरहेका कार्यक्रम र आगामी चरणमा विस्तार गर्न सकिने क्षेत्रबारे छलफल भएको भारतीय दूतावासले जनाएको छ। महावरले प्रधानमन्त्रीसँगको भेटपछि नेपाली मन्त्रीहरूसँग पनि एकैदिन मंगलबार भेटवार्ता गरे।

उनले अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याललाई भेटे ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, संसदीय मामिला र भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई पनि उनले भेटे । 

यी भेटघाटमा द्विपक्षीय सहकार्यको प्रगति, समन्वय आवश्यक विषय, र आगामी वर्षका प्राथमिकताहरूमा केन्द्रीकृत संवाद भएको दूतावासको भनाइ छ। 

दुवै देशबीचका भौतिक पूर्वाधार, ऊर्जा, व्यापार, प्रशासनिक समन्वय र प्राविधिक सहायतासम्बन्धी कार्यसूचीलाई अझ बलियो बनाउने विषयमा उच्चस्तरीय सहमति भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : ५१ बजे

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : भण्डारी छुटे, अधिकारी थुनामै

काठमाडौँ– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष

‘जेन-जी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो : मन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेन-जी सहिद’ योद्धाका अधुरा सपना पूरा

आजका समाचार : कांग्रेसबाट धमाधम उम्मेदवार सिफारिस, एमालेमा तानातान, महाधिवेशनको तयारी तीव्र, सुदूरपश्चिम दोस्रो पटक फाइनलमा र इजरायली आक्रमणमा ६७ पत्रकार मारिए

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोगसरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

एजेन्सी – चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’