यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा « Khabarhub

यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो।

प्रतियोगिता यही मंसिर २६ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। नेपालको पहिलो खेल श्रीलंकासँग मंसिर २७ मा हुनेछ। दोस्रो खेल मंसिर २९ बंगलादेश र तेस्रो पुस २ मा अफगानिस्तानसँग रहेको छ।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। प्रतियोगिताका खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन्।

नेपाली टोली : अशोक धामी (कप्तान), नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपीन शर्मा, वंश छेत्री, युवराज खत्री

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ४८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।