यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा « Khabarhub

यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एसीसी पुरुष यू–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको छ। मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणाा गरेको हो।

प्रतियोगिता यही मंसिर २६ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ। नेपालको पहिलो खेल श्रीलंकासँग मंसिर २७ मा हुनेछ। दोस्रो खेल मंसिर २९ बंगलादेश र तेस्रो पुस २ मा अफगानिस्तानसँग रहेको छ।

प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्। प्रतियोगिताका खेल आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन्।

नेपाली टोली : अशोक धामी (कप्तान), नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिस लोहार, नितेस पटेल, चन्दन रामरोशन विक, विपीन शर्मा, वंश छेत्री, युवराज खत्री

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ८ : ४८ बजे

दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जाको पर्खाइमा

दैलेख– कर्णाली प्रदेशको पहाडी भूगोलमा अवस्थित दैलेख जिल्लामा परापूर्वकालदेखि खोला

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल