देशभरका भन्सार जाँचपास ठप्प « Khabarhub

देशभरका भन्सार जाँचपास ठप्प


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ।

केही समयअघि संसद्‌बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए। लामो समयसम्म लबिङ गर्दा पनि निर्णय सच्याउनेतिर कुनै ध्यान नदिएपछि भन्सार जाँचपास नै अवरुद्ध गर्नुपरेको भन्सार एजेन्ट महासंघले जनाएको छ।

योसँगै देशमा हुने सबै प्रकारका मालवस्तुको आयात निर्यात रोकिएका छन्। महासंघले भन्सार ऐनमा भएका अव्यावहारिक व्यवस्थाहरू, सर्भरमा देखिएको निरन्तरको समस्या र पेशागत हकहितका विषयलाई लिएर चरणबद्ध आन्दोलन अन्तर्गत पेनडाउन थालिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले जानकारी दिए।

खासगरी दफा ७१ (झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दाखेरि भुलवश भएका गल्तीमा पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको आपत्ति रहेको छ। आफ्ना माग पूरा नभएपछि देशभरका भन्सार कार्यालय काम रोक्नुपरेको घिमिरेले बताए।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १० : २४ बजे

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी

प्रादेशिक अस्पतालबाट शव साटिएको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ- यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने