अमेरिकामा डढेलो : ६ जनाको मृत्यु, ५३ सय संरचना जल्दा डेढ लाख बढी विस्थापित « Khabarhub

अमेरिकामा डढेलो : ६ जनाको मृत्यु, ५३ सय संरचना जल्दा डेढ लाख बढी विस्थापित

शुक्रबार अझ भयावह हुन सक्ने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। लस एन्जलसमा लागेको डढेलोको मुस्लो अझ डरलाग्दो हुँदै जान सक्ने चेतावनी विज्ञले दिएका छन्।

केही समय अघि गरिएको पत्रकार सम्मेलनमा शुक्रबार र आउँदो मंगलबार अझ धेरै हुरी बतास र आगोको मुस्लोका कारण अझ भयावह अवस्था आउने चेतावनी दिइएको छ ।

विज्ञ ५३ सय संरचना ध्वस्त पार्ने त्यस आगोको उत्पत्ति कसरी भएको भन्ने पत्ता लगाउने प्रयासमा छन्। सो आगोका कारण विस्थापित हुनेको सङ्ख्या करिब दुई लाख अर्थात् लाख ७९ हजार पुगेको छ।

आगो लागि रहेको समयमा घरमा पसेर लुटपाट मच्चाउनेको पनि कमी छैन। यसै काममा सरिक भएका २० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। लस एन्जलस र भेन्टुराको सीमामा पर्ने केही स्थानमा नयाँ आगोको लप्का निस्किए पछि त्यहाँका मानिसहरूलाई अनिवार्य अन्यत्र सर्न सर्कुलर गरिएको छ।

आगलागीका कारण सबैभन्दा धेरै असर अल्टाडेना समुदायमा परेको छ। इटनमा १३ हजार ६९० आर्क अहिले प्रभावित भएका छन्। रुखहरू ढलेका छन्। पातहरू भुइँमा छरपस्ट भएका छन्। त्यहाँका अग्नि नियन्त्रकका प्रमुख मार्सले डढेलोको कारण कुनै व्यक्तिले लगाएको आरोप पुष्टि भएमा यसलाई हत्याको रूपमा हेरिने बताएका छन्।

अहिले आगो नियन्त्रणमा ल्याउनका लागि १५ सय २७ जना सक्रिय छन्। त्यस आगोका कारण अहिलेसम्म मर्ने ६ भए पनि यो संख्या थपिने जनाइएको छ। कतै मानिस मरेको भए पनि यसको जानकारी आइनसकेको हुनसक्ने अधिकारीले जनाएका छन्।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०१ बजे

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो