अस्ट्रेलियाका कप्तान कुमिन्सले च्याम्पियन्स ट्रफी गुमाउने « Khabarhub

अस्ट्रेलियाका कप्तान कुमिन्सले च्याम्पियन्स ट्रफी गुमाउने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – कुहिनमा लागेको चोटका कारण अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट कुमिन्सले अर्को महिना युएई र पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी गुमाउन सक्ने सम्भावना देखिएको छ।

उनले श्रीलङ्कासँग हुने दुई टेस्टको शृङ्खला भने गुमाउने पक्का भइसकेको छ। भारत विरुद्धको शृङ्खलाका ५ टेस्टमा उनले १५७ ओभर बलिङ गरे। सो क्रममा उनले २५ विकेट लिए।

च्याम्पियन्स ट्रफीमा २२ फेब्रुअरीमा पहिलो खेल खेल्ने छ। श्रीलङ्कासँगको टेस्ट सकिएपछि च्याम्पियन्स ट्रफी अघि अस्ट्रेलियाले श्रीलङ्कासँग एउटा एक दिवसीय खेल खेल्ने छ।

भारतमा सन् २०२३मा सम्पन्न विश्वकप क्रिकेटको उपाधि दिलाएका कप्तान कुमिन्सले त्यसपछि दुई एक दिवसीय खेल मात्र खेलेका छन्। धेरै भार परेको भन्दै उनले खेलहरू छाडेका हुन्। यस क्रममा अस्ट्रेलियाले कप्तानको रूपमा धेरैलाई प्रयोग गरेको थियो।
उनको अनुपस्थितिमा स्टेभन स्मिथ, मिचेल मार्स र जोस इङ्लिसले टोलीको नेतृत्व गरी सकेका छन्।

छनोटकर्ताले काँधको चोट बोकेका जोस हजेलउड भने च्याम्पियन्स ट्रफीमा फिर्ता हुने सम्भावना व्यक्त गरेका छन्।

श्रीलङ्काको भ्रमणमा मिचेल स्टार्क, स्कट बोल्यान्ड र सियन एबट सहितको टोली जानेछ। यी मध्य एबटले त्यहीँबाट टेस्ट डेब्यु गर्ने सम्भावना छ।

अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट कुमिन्स। तस्बिरः क्रिकइन्फो

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ४४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल