रवि स्थलमार्गबाट काठमाडौं आउँदै « Khabarhub

रवि स्थलमार्गबाट काठमाडौं आउँदै


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आउँदै छन् । 

पोखराबाट काठमाडौं आउन हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं आउँदै गरेको पार्टी प्रवक्ता मनिस झाको भनाइ छ । 

‘सभापति रवि लामिछाने आज शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भन्दै सडक मार्गबाट काठमाडौं हिँडिसक्नु भएको छ । ’ प्रवक्ता झाले भने, ‘उहाँ जसरी पनि काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुनुहुने छ ।’ 

तर, लामिछाने पोखराबाट आउन ढिला हुने अवस्थामा आइतबार मात्रै अदालत उपस्थित हुने योजना रहेको उनको सचिवालयको भनाइ छ । 

सचिवालयले भन्यो, ‘चार बजे अगाडि आइपुगे भने जसरी पनि अदालत उपस्थित हुनुहुन्छ, ढिला भएपछि आइतबार १० बजे उपस्थित हुने योजना रहेको छ ।’ 

लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ४२ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर