रवि स्थलमार्गबाट काठमाडौं आउँदै « Khabarhub

रवि स्थलमार्गबाट काठमाडौं आउँदै


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आउँदै छन् । 

पोखराबाट काठमाडौं आउन हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं आउँदै गरेको पार्टी प्रवक्ता मनिस झाको भनाइ छ । 

‘सभापति रवि लामिछाने आज शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भन्दै सडक मार्गबाट काठमाडौं हिँडिसक्नु भएको छ । ’ प्रवक्ता झाले भने, ‘उहाँ जसरी पनि काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुनुहुने छ ।’ 

तर, लामिछाने पोखराबाट आउन ढिला हुने अवस्थामा आइतबार मात्रै अदालत उपस्थित हुने योजना रहेको उनको सचिवालयको भनाइ छ । 

सचिवालयले भन्यो, ‘चार बजे अगाडि आइपुगे भने जसरी पनि अदालत उपस्थित हुनुहुन्छ, ढिला भएपछि आइतबार १० बजे उपस्थित हुने योजना रहेको छ ।’ 

लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ४२ बजे

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै