पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने | Khabarhub Khabarhub

पोखराबाट छुटेका रवि गाडीमा काठमाडौंतिर, अदालतमा उपस्थित हुने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराबाट स्थलमार्गबाट काठमाडौंका लागि हिँडेका छन् ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा थुनामा रहेका लामिछाने बिहीबार ६५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

८४ दिनसम्म जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसेका उनलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

पोखराबाट गाडीमा हिँडेका उनी अब जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनेछन् । उनीसँग उनका श्रीमती निकिता पौडेल पनि साथमा छिन् । उनी शुक्रबार नै जिल्ला अदालत, काठमाडौंमा उपस्थित हुन सक्नेछन् ।

बिहीबार रविसहित सात जना प्रतिवादीलाई धरौटी रकम लिएर छाड्न अदालतबाट आदेश भएको थियो । सातमध्ये ३७ लाख धरौटी मागिएकी लीला पछाईं मात्रै बिहीबार नै जेल चलान भएकी छन् । अरु सबै रिहा भइसकेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : १४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग