जीपको ठक्करबाट ६० वर्षीय महिलाको मृत्यु | Khabarhub Khabarhub

जीपको ठक्करबाट ६० वर्षीय महिलाको मृत्यु


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।

कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नंको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीय रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । 

महिलालाई ठक्कर दिने जीप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : १० बजे

दोस्रो विश्व युद्ध सकिएको नौ महिनापछि जन्मिएका तीन अमेरिकी राष्ट्रपति

सन् १९४५ संसारकै लागि महत्त्वपूर्ण वर्ष हो। लगातार दुई विश्वयुद्धका

आधाबाटोको दुखान्त

म घुरन चौधरी वर्ष –३८ । बाबु दरबारी चौधरी र

चिसोका कारण सुनसरीको जनजीवन प्रभावित

सुनसरी– केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको

अखिल क्रान्तिकारीको निर्वाचन आज, अध्यक्षमा पाँचजनाको दाबी

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन

युवा संघको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

काठमाडौं– नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको राष्ट्रिय कार्यकर्ता