‘ममी’को पोस्टरमा प्रियङ्काको हरर लुक्स « Khabarhub

‘ममी’को पोस्टरमा प्रियङ्काको हरर लुक्स


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शन मिति माघ २५ तोकिएको हरर थ्रिलर फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले शुक्रबार नायिका प्रियङ्का कार्कीको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा प्रियङ्का निलो रङको पहिरनमा त्रसित मुद्रामा छिन् । उनको पृष्ठभूमिमा कालो बिरालो देख्न सकिन्छ । उनको पृष्ठभूमिको भित्तामा रगत लत्पत्तिएको फोटो फ्रेम छ । उक्त फोटोमा नायक सुलक्षण भारती, बालकलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठ छन् ।

निर्माण पक्षका अनुसार नकारात्मकताको प्रतिकस्वरूप पोस्टरमा कालो बिरालो र रगत लत्पत्तिएको फ्रेम राखिएको हो । समर निरौला निर्देशित यस फिल्म हरर जनरामा निर्माण भएको छ । फिल्ममा प्रियङ्का, सुलक्षण र दिया मास्के मुख्य भूमिकामा रहेको बताइएको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको लेखक निर्देशक समर र पूर्णिमा जोशी हुन् । फिल्ममा लोकराज जोशी र पूर्णिमा जोशीको लगानी रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको