पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे | Khabarhub Khabarhub

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिनाभित्र नियमित उडान सुरु हुने बताएका छन् ।

‘सुनौलो नेपाल अनलाइन प्राइभेट लिमिटेड’द्वारा आज पोखरामा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले राष्ट्रिय ध्वजाबहाक हिमालयन एयरलाइन्सले पोखरा–ल्वासा उडानको तयारी गरिरहेको बताए। 

‘हिमालयन एयरलाइन्सले केही महिनाभित्रै उडान सुरु गर्दै छ, त्यसका लागि स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, नेपाल एयरलाइन्सलाई पनि अन्यत्रको उडान कटौती गरेर भएपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न सरकारले अनुरोध गरिरहेको छ’, मन्त्री पाण्डेले भने। 

भारतसहित अन्य मुलुकमा पनि पोखराबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्न सरकारले पहल गरिरहेको उनले बताए। 

हालै भारतका नागरिक उड्डयनमन्त्री र चीनका राजदूतसँग भएको भेटमा पनि उक्त विषयमा गम्भीरताका साथ छलफल गरिएको पाण्डेले जानकारी दिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै उनले विमानस्थल सञ्चालन हुन सक्दैन भनेर निराशा बाँड्न नहुने धारणा राखे।

‘पचासौँ वर्षलाई हेरेर विमानस्थल निर्माण गरिएको हो, निराश हुनुपर्ने कुनै कारण छैन, विमानस्थल सञ्चालन गर्न सम्भव छ र हुन्छ’, मन्त्री पाण्डेले भने, ‘पोखरा मुलुकको पर्यटकीय केन्द्र भएकाले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हुँदा अर्थतन्त्र सबल हुनुका साथै पर्यटन प्रवर्द्धन हुने अपेक्षा लिएका छौँ ।’

चीनका विभिन्न गन्तव्यबाट चार्टर उडान भएपछि विमानस्थलको प्राविधिक पक्षलाई लिएर गरिएका आशंका पनि हटेको उनले बताए। 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ४५ बजे

कञ्चनपुरका तीन स्थानीय तहमा विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर– जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द

राप्रपाको केन्द्रीय समिति बैठक आजबाट 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समितिको बैठक आजबाट सुरु

स्थानीको विरोधपछि रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर – स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम

तीन प्रदेशको मौसम आंशिक बदली रहने

काठमाडौं– हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

अमेरिकी डलरको भाउ बढ्दा कुन-कुन विदेशी मुद्राको घट्यो ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर