भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै « Khabarhub

भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २७ देखि २९ गते सम्म हुने भएको छ । 

सिद्धार्थनगर नगरपालिकाले प्रतियोगिताका बारेमा शुक्रबार पत्रकार सम्मेलन गरि सबै तयारी पूरा भएको जानकारी गराएको छ ।

सम्मेलनमा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङिण विकासलाई लक्षित गरेर प्रतियोगिता गर्न लागिएको बताए । 

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्य रनिङ शिल्डको रहेको उनले जानकारी दिए । 

प्रतियोगिता सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित श्री पक्लिहवा माध्यमिक विद्यालयमा, पक्लिहवा कृषी क्याम्पस र वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल खेल हुनेछन् । 

भलिवल तर्फ १९ विद्यालयका छात्रहरुको १६ र छात्राहरुको १६ टिमको सहभागिता रहने छ । त्यस्तै कवड्डी तर्फ १३ विद्यालयका छात्रहरुको ११ टिम र छात्राहरुको १० टिमको सहभागिता रहने छ ।

तेक्वान्दो तर्फ १५ विद्यालयका छात्र तर्फ १० र छात्रा तर्फ १२ टिमको सहभागिता रहने छ । एथेलेटिक्स तर्फ २० विद्यालयका छात्रहरु ३ सय ८० र छात्राहरु ३ सय ८० को सहभागिता रहने छ । प्रतियोगिता अवधिभर ४२ बटा ईभेन्टमा खेल हुने छन् । प्रतियोगितामा कुल २७ विद्यालयका ६५० छात्र र ६३९ छात्रा गरी कुल १ हजार दुईसय ८९ विद्यार्थीहरूको सहभागिता रहने छ । 

सवै ईभेन्ट तर्फ प्रथम, द्धतिय र तृतियलाई मेडल तथा प्रमाण प्रत्र दिईने र प्रतियोगिताको कुल खर्च ६ लाख रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए । 

पत्रकार सम्मेलनमा नगर पालिकाका उप प्रमुख उमा अधिकारी , प्रमुख कार्यकारी अधिकृत जनक थापाले भनाइ राखेका थिए ।

प्रतियोगिता सञ्चालनका लागि खेल संयोजकहरु पनि तोकिएको छ । तेक्वान्दोतर्फ दीपेन्द्र बुढाप्रिती, एथलेटिक्सतर्फ मोहन घले, कबड्डीतर्फ महेन्द्र बहादुर सुनार र भलिबलतर्फ दिनेश आचार्यलाई संयोजक तोकिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ५ : ०२ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते