कुमारी बैंक र एनसीएचएल बीच अलीपेमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य « Khabarhub

कुमारी बैंक र एनसीएचएल बीच अलीपेमार्फत नेपालपे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- कुमारी बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलीपेमार्फत नेटवर्कमाआबद्ध प्रयोगकर्ताका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

बैकका अनुसार यो सेवामार्फत अलीपेमार्फत प्रयोगकर्ताले बैंकको नेपालपे क्यूआर रहेका व्यवसायमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ । 

यस सम्झौतासँगै नेपालपे क्यूआर र यसको इन्टरअप्रुवल क्यूआर (अन्तरक्रियात्मक) लाई अलीपेमार्फत नेटवर्कका सदस्यले स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् । 

बैंका अनुसार यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुरलगायतका देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपालपे क्यूआरमार्फत व्यवसायीले १४ बैंकका अनुसार अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्स जस्तै अलीपे,अलीपेएचके, टिनाबा,एमपे, टचएन गो वालेट, माईपीबी, हीपे, जीक्यास,चंगीपे,ओसीबीसी डिजिटल, काकापे, नेभरपे, टोसपे र ट्रष्टमनिबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । 

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : १७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल