प्रधानमन्त्रीको सचिवालय भन्छ : दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन « Khabarhub

प्रधानमन्त्रीको सचिवालय भन्छ : दल विभाजनसम्बन्धी अध्यादेश आउँदैन


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले त्यसलाई अस्वीकार गरेको छ।

प्रधानमन्त्रीको सचिवालयले अहिले दल विभाजनसम्बन्धी अध्यादेशबारे कुनै गृहकार्य नभएको स्पष्टीकरण दिएको छ।

दल विभाजनसम्बन्धी अध्यादेश आउन लागेको भन्दै विपक्षी दलका नेताहरू जुटिरहेका बेला खबरहबसँगको कुराकानीमा ओलीको सचिवालयले अहिले नै आउने सम्भावना नभएको जनाएको हो ।

शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि यो अध्यादेश आउन सक्ने थप आशंका उब्जिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई साथमा लिएर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग संवाद गरेपछि यस्तो शंका बढेको हो ।

यसबारे ओलीको सचिवालयले कानुनमा केही जटिलता रहेकाले सच्च्याउनका लागि राष्ट्रपतिसँग छलफल गर्न भेटेको दाबी गरेको छ ।

‘दल विभाजन गर्ने अध्यादेश र संविधान संशोधनको विषयमा कुरा गर्न होइन । प्रधानमन्त्री ओली केही कानुनी उल्झनबारे परामर्श गर्न जानुभएको हो । यो नियमित भेट पनि हो,’ सचिवालयका एक सदस्यले भने ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : २१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी