रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी « Khabarhub

रविलाई धरौटी लिएर छाड्ने न्यायाधीश राईविरुद्ध उजुरी


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी परेको छ ।

रविलाई थुनामा पठाउने प्रशस्त सवुत-प्रमाण र तथ्य हुँदा हुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राई ६५ लाख धरौटी लिएर तारेखमा रिहा गर्न दिएको आदेशविरुद्ध उजुरी परेको हो ।

न्यायाधीश राईविरुद्ध सिन्धुलीका युवराज सफलले न्याय परिषद्‌मा शुक्रबार उजुरी दर्ता गराएका हुन् ।

‘…सो मुद्दामा जोडिएका गातजना प्रतिवादीलाई धरौटी छोड्ने गरी न्यायाधीश नीतिजकुमार राईबाट भएको आदेश सहकारी पीडित तथा न्यायप्रेमी नागरिकको अपेक्षाविपरीत आएको छ । आदेशको क्रममा न्यायाधीश नीतिजकुमार राईले उल्लेखित आरोपित एवम् प्रतिवादी छविलाल जोशी र रवि लामिछाने लगायत ७ जनालाई क्लिन चिट दिएको र दोषी होइनन् भनेको अवस्था छैन’, उजुरीमा भनिएको छ, ‘माथि उल्लेखित प्रतिवादीसँग करोडौँ रुपैयाँको विगो माग गरिएको छ। त्यस्तै रवि लामिछाने र छविलाल जोशी लगायतलाई संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्धा चलाइएकोले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाई मुद्दा अगाडि बढाउन पर्नेमा सो नगरी न्यायाधीशले ले आरोपित सातैजनालाई दाबी गरिएको विगो रकमभन्दा थोरै धरौटी तोकी छाड्ने निर्णय गरेको हुँदा यो आदेश कानुनी, न्यायिक र व्यवहारिक कुनै कोणबाट पनि न्यायसंगत छैन ।’

युवराज सफल

विगतमा सूर्यदर्शन सहकारी काण्डका आरोपितहरू कुमार रम्तेल, कैलाश कुमार दलांगी, शिवबहादुर गुरुङ, प्रमोद भट्टराई लगायतलाई कास्की जिल्ला अदालतले पुर्पक्षमा कारागार पठाउने निर्णय गरेको पनि उनले स्मरण गराएका छन् । उक्त प्रकरणको मुद्दामा सोही अदालतले आरोपित एवम् प्रतिवादीलाई कम धरौटीमा छोडनु नजिर र अभ्यासको हिसाबले कुनै पनि हालतमा सुहाउने र मिल्ने विषय नभएको उनको जिकिर छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ६ : ५९ बजे

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता

आईपीएल २०२६ : आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टोली

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्जर्स

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक