प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ « Khabarhub

प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे आज ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा अवगत गराएका थिए ।

छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालयमार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो । मन्त्रालयले जलवायु परिवर्तनले खानेपानीको स्रोतहरूमा पारेको असरलाई सम्बोधन गर्दै वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयको ध्यान केन्द्रित भएकाले आवश्यक बजेट सुनिश्चितताका लागि माग गरेको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहजरूपमा खानेपाली पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिए ।

मन्त्री यादवले ग्रामीण तथा सहरी क्षेत्रका खानेपानी योजनालाई तीव्रता दिँदै सन् २०३० सम्म देशभरका नागरिकलाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यमा केन्द्रित भई कार्यहरू भइरहेको बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ८ : २० बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा