एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा « Khabarhub

एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले सार्वजनिक गरेको सन् २०२५ को नोमिनेसनमा एलओडी परेको हो ।

म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ ।

टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न पनि अपिल गरेको छ । माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । मत गर्न पुनः फेसबुक, एप्पलको मोबाइल भए एप्पल र गुगलको अप्सन आउँछ ।

डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।

अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडाैं सहरको नाम उल्लेख गर्नुपर्नेछ । ‘एलओडी’ क्लब विश्वको उत्कृष्ट सन् २०२२ मा ५२ , सन २०२३ मा ४९ र सन् २०२४ ५० औँ स्थानमा परिसकेको छ ।

एलओडी क्लब डिजे म्याग टप १०० को नोमिनेशनमा परिसकेकाले क्लबीङ् व्यवसायमा अझ बढी जिम्मेवार भएर जाँदा केही गर्न सकिने प्रोत्साहन मिलेको क्लबका निर्देशक भूपेन कुँवरले बताए ।

व्यवसायमा राष्ट्र पनि सँगसँगै जोडिने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान हुने उनको भनाइ छ । क्लब नोमिनेशनमा परेसँगै भोटिङ्ग अभियान सुरु गरिसकेको कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : २८ बजे

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको