उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह « Khabarhub

उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण गर्नुपर्ने बताएका छन् ।

आज यहाँ आयोजित नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालको उद्योग क्षेत्र जुन रूपमा सञ्चालन हुनुपर्ने हो त्यो नभएको बताए । उनले स्थापना भइसकेका उद्योगहरूलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन व्यवस्थापनलाई आधुनिकीकरण गरेर अघि बढ्नुपर्ने जिकिर गरे ।

उपप्रधानमन्त्री सिंहले नेपालमा युवाहरू बस्नै चाँहदैनन् भनेर भाष्य विकसित भएको बताउँदै त्यसलाई समाधान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । उनले अधिकारको कुरालाई ठूलो स्वरले उठाउने र जिम्मेवारीको कुरा आउँदा सबैपछि हट्ने प्रवृत्ति त्याग्नुपर्ने बताए ।

“अहिले नेपालमा युवाहरू कोही बस्नै चाँहदैनन् भन्ने भाष्य स्थापित गरिएको छ । भाष्य मात्रै बनाउनेहरूको त काम सकियो । त्यो समस्या समाधान गर्न सबैले जिम्मेवार भएर लाग्न प¥यो”, उनले भने ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : ४४ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा