परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक « Khabarhub

परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन् । व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा पर्ने गरेका छन् ।

संशय हुने गरेकाले यसपटक भने नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका प्राध्यापकहरुले विभिन्न पुराण, उपपुराण एवं धर्मशास्त्रका ग्रन्थका आधारमा आधिकारिक श्रीस्वस्थानी व्रतकथाको पुस्तक सार्वजनिक गरेका छन् । यसको संयोजन, सम्पादन तथा परिमार्जन वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा जनकराज भट्टले गरेका हुन् ।

पुस्तकको सम्पादन तथा परिमार्जनमा विद्यापीठका धर्मशास्त्र विभाग प्रमुख प्रा डा देवमणि भट्टराई, नेपाली विषयका प्रा डा ध्रुवप्रसाद भट्टराई, व्याकरणाचार्य प्रा भीमप्रसाद कण्डेल, इतिहासपुराणाचार्य प्रा नवराज घिमिरे, सहप्राध्यापक डा श्यामप्रसाद खनाल, ऋग्वेदाचार्य सहप्राध्यापक रामचन्द्र सुवेदी र सामवेदाचार्य उपप्राध्यापक सुदर्शन पराजुलीले विशेष सहयोग गरेका छन् ।

श्रीस्वस्थानी व्रतकतकथाका पुस्तकमा यसभन्दा बाहिरका विषय ल्याएर सांस्कृतिक अतिक्रमण गरिएका पुस्तक बजारमा भेटिँदा पाठकमा भ्रम भइरहेको अवस्थामा आधिकारिक विद्वान्हरुबाट सम्पादन र परिमार्जजन गरिएको पुस्तकले सहयोग गर्ने आशा गरिएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का स्थानीयवासी जयराम सापकोटा बताउँछन् ।

श्रीस्वस्थानी माताको ध्यान, श्रीस्वस्थानी भूगोलजस्ता विषयलाई पनि पुस्तकमा समेटिएको छ । पुस्तकमा श्रीस्वस्थानी व्रतकथाको पृष्ठभूमि पनि व्याख्या गरिएको छ । श्रीस्वस्थानी व्रतकथालाई इतिहासपुराणका प्रा नवराज घिमिरेले चार भागमा विभाजन गर्न सकिने बताए । सृष्टिक्रम शृङ्खला अध्याय एक र दुई, महादेव–सतीदेवी शृङ्खला अध्याय तीनदेखि ११, शिव–पार्वती शृङ्खला अध्याय १२ देखि १८ र गोमा–नवराज शृङ्खला अध्याय १९ देखि ३१ सम्म वर्णन गरिने उनको विश्लेषण छ ।

पुस्तकमा श्रीस्वस्थानी व्रत पूजाविधि पनि स्पष्ट रुपमा उल्लेख गरिएकाले भक्तजनलाई सहज बनाइदिएको छ । पूजासामग्रीका लागि आवश्यक पर्ने चीजबीजहरु पनि पुस्तकमा उल्लेख गरिएकाले भक्तजनलाई यसको अभ्यासमा कठिनाइ नहुने व्यवस्था मिलाइएको छ ।

व्रत प्रारम्भ गर्दादेखिको सरल विधि, स्वस्थानी कथा वाचन विधि, जुठोसूतक परेमा वा व्रतालु महिला रजस्वला भएमा के गर्ने ? भन्ने विषयमा पुस्तकमा प्रष्ट रुपमा उल्लेख गरिएको छ । श्रीस्वस्थानी व्रतका अभ्यासकर्ता यसबाट अलमलमा नपर्ने गरी पुस्तकमा उल्लेख गरिएको छ । पद्मपुराणमा उल्लेख गरिएका संस्कृतका १५३ मूल श्लोकसमेत समावेश गरी नेपालीमा विस्तारपूर्वक आधिकारिक व्याख्या गरिएको पुस्तकले नेपालीलाई यहाँका देवी देवताको महत्व बुझाउन सहयोग गर्नेछ ।

दैनिक कथा वाचन गर्नुअघिको पुष्पाञ्जलिको भावार्थ स्पष्ट भाषामा लेखिएको छ । दैनिक कथा वाचनपछिको पुष्पाञ्जलिका श्लोक र तिनको नेपालीमा भावार्थ पनि सामान्य रुपमा लेखपढ गरेकाले पनि बुझ्न सकिने भाषामा लेखिएको छ । ३१२ पृष्ठको शब्द रहेको पुस्तकमा छ पृष्ठको श्रीस्वस्थानी व्रतकथासँग सम्बन्धित देवी देवताको रङ्गीन तस्बिर पनि समावेश गरिएको छ । अन्तिम पृष्ठमा साँखुस्थित शालीनदी किनारमा रहेको श्रीस्वस्थानी माताको मन्दिरको कलात्मक मन्दिरको तस्बिरले पुस्तकको आकर्षण बढाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १० : ५३ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा