रोहितको शतकमा भारतको जित « Khabarhub

रोहितको शतकमा भारतको जित


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले इङ्गल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा चार विकेटको सफलता पाएको छ। आइतबार भएको दिवा रात्रि खेलमा इङ्गल्यान्डले दिएको ३०५ रनको लक्ष्य पछ्याएको भारतले ३३ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा ३०८ रन जोडेको हो।

भारतका लागि कप्तान रोहित शर्माले शतकीय योगदान गरे। ९० बलको सामना गरेका उनले १२ चौका र ७ छक्काको सहयोगमा ११९ रन जोडेका हुन्। शर्माको यो ३२ औं एक दिवसीय शतक हो। जितसहित भारतले शृङ्खलामा २-० को अग्रता लिएको छ।

यसैगरी, शुभमन गिलले ५२ बलमा ६० रन जोडे। यी दुईले पहिलो विकेटका लागि १६.४ ओभरमा १३६ रनको साझेदारी गरे। श्रेयास ऐयारले ४४ तथा अक्षर पटेलले अविजित ४१ रनको योगदान गरे। इङ्गल्यान्डका जेमी ओभरटनले ५ ओभरमा २७ र खर्चेर २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै ३०४ रन जोडेको हो।

इङ्गल्यान्डले राम्रो सुरुवात गरे पछिल्लोक्रम टिक्न सकेन। इङ्गल्यान्डका फिल साल्ट र बिन डकेटले पहिलो विकेटका लागि १०.५ ओभरमा ८१ रनको साझेदारी गरे। डकेटले ५७६ बलमा ६५ तथा साल्टले २९ बलमा २७ रनको योगदान गरे। इङ्गल्यान्डका जोए रुटले ६९ रन जोडे। लिभिङ लियाम स्टोनले ३२ बलमा ४१ रन जोडे।

भारतका रवीन्द्र जडेजाले १० ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ०३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार