चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री | Khabarhub Khabarhub

चिसापानी–गड्डा चौकी सडकखण्ड छ लेनको बन्छ : परराष्ट्रमन्त्री


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

लम्की– परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएका छन् । 

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म छ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताए। 

उनले भने, ‘राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।’

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरे। उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताए। 

केही दिनदेखि सुदूरपश्चिमको कैलालीमा रहेकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय  बिपी स्मृति भवनसमेत उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १२ : ५० बजे

इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल

एजेन्सी– इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र

अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु

प्रधानमन्त्रीबारे जथाभावी नबोल्नुस्, कहाँ पार्लियामेन्टमा जवाफ दिने ? सक्कियो ! (भिडियोसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो विक्षीहरुप्रति आक्रामक रुपमा

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने, विश्वभरका वैज्ञानिक आउँदै 

ललितपुर– नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ ।

काँकरभिट्टा हुँदै १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थ आयात

भद्रपुर– चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकरभिट्टाबाट १२