संसद्‍बाट विराजभक्तको कटाक्ष- सरकार बयलगाडाको चक्का लुकाउन खोज्दैछ « Khabarhub

संसद्‍बाट विराजभक्तको कटाक्ष- सरकार बयलगाडाको चक्का लुकाउन खोज्दैछ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सञ्जाल नियन्त्रण विधेयकलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई घेरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सामाजिक सञ्जाल विधेयकका नाममा सरकार आलोचकहरू र नागरिकलाई जेलमा हाल्ने अभियानमा रहेको पनि बताए ।

‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल विधेयक पास भएपछि थुनेर राख्न सकियोस् । सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिवानाको मेन्यू ल्याउँदैछ’, उनले भने, ‘सरकार नागरिकलाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्की दिइरहेको छ । के झुटो आश्वासन दिने, भ्रम फैल्याउने असम्भव कुरालाई पूरा हुन्छ भनेर वाचा गर्नेहरूलाई चाहिँ उन्मुक्ति दिने हो ?’

उनले यो विधेयक न्यायका लागि भन्दा आलोचकको मुख थुन्न ल्याउन लागिएको पनि बताए । ‘के यो विधेयक साँच्चिकै न्यायका लागि हो कि के का लागि हो ? यो विधेयक सरकारको आलोचक दमन गर्ने हतियार हुन सक्छ’, उनले भने, ‘यदि कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झूट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा हुनुपर्छ ।’

रास्वपा नेता श्रेष्ठले गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले संकटमा पर्न लागेको पनि बताए । ‘गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो ? मैले बुझ्न सकेको छैन’, उनले भने, ‘सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोज्दैछ । उता नागरिकहरू कृष्णसेन इच्छुकको कविता गुन्गुनाइरहेका छन् ।’

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १ : ५२ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ