बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा पाँच वर्षमा दोब्बर हुँदा ब्याजदर भने पाँच वर्षकै न्यून | Khabarhub Khabarhub

बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा पाँच वर्षमा दोब्बर हुँदा ब्याजदर भने पाँच वर्षकै न्यून


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो पाँच वर्षमा नेपालका क, ख र ग वर्गका बैंकहरूको औसत निष्क्रिय कर्जा दोब्बर बढी पुगेको छ । तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा निरन्तर बढिरहँदा दोब्बर बढी हुन पुगेको हो ।

आर्थिक वर्ष ०७७/७८ को पुस महिनाको तुलनामा आर्थिक वर्ष ०७८/७९ को पुस महिनामा वाणिज्य र विकास बैंक समूहको निष्क्रिय कर्जा घट्न पुगेकोमा त्यस यताको सबै वर्षहरूमा भने ती समूहको निष्क्रिय कर्जामा निरन्तर वृद्धि भइरहेको छ ।

फाइनान्स कम्पनीको औसत निष्क्रिय कर्जा भने पछिल्लो पाँच वर्ष यता निरन्तर उकालो लागिरहेको छ । क, ख र ग वर्गका बैंकहरूको आर्थिक वर्ष ०७७/७८ मा १.८४ प्रतिशत रहेको निष्क्रिय कर्जा थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा झण्डै दोब्बर ४.९२ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष ०७७/७८ को पुस महिनामा वाणिज्य बैंक समूहको औसत निष्क्रिय कर्जा १.७१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४.७३ प्रतिशत पुगेको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७७/७८ को पुस मसान्तसम्म विकास बैंक समूहको औसत निष्क्रिय कर्जा १.९३ प्रतिशत रहेकोमा समीक्षा अवधिमा वृद्धि भएर ५.११ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा फाइनान्स कम्पनीको औसत निष्क्रिय कर्जा दोहोरो अंकमा पुगेको छ ।

फाइनान्स समूहको आर्थिक वर्ष ०७७/७८ को पुस मसान्तसम्म ६.६४ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म वृद्धि भएर १२.८५ प्रतिशत पुगेको छ ।

पाँच वर्षमा क, ख र ग वर्गका बैंकको निष्क्रिय कर्जा

वर्ग बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा

ब्याजदर पाँच वर्षकै न्यून

केन्द्रीय बैंकको तथ्यांकले पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निरन्तर लगानीयोग्य तरलता बढ्न गएको देखाएको छ । तग्थ्यांकअनुसार माघ २४ गतेसम्म नेपालको बैंकिङ क्षेत्रको क्रेडिट/डेबिट अनुपात (सिडी) ७९.५१ प्रतिशत छ ।

जुन अघिल्लो पाँच वर्ष अर्थात् आर्थिक वर्ष ०७७/७८ को पुस महिनाको तुलनामा ५ अंक भन्दा धेरैले थोरै हो । आर्थिक वर्ष ०७७/७८ को पुस महिनामा बैंकिङ क्षेत्रको सीडी रेसियो ८५.४८ प्रतिशत थियो । लगानीयोग्य रकम बैंकिङ क्षेत्रमा थुप्रिदै गएकै कारण बचत तथा ऋणको ब्याजदर घट्दै गएको देखिन्छ ।

पछिल्लो पाँच वर्षमा बैंकहरूको बचत र ऋण प्रवाह दुवैतर्फको ब्याजदर भने घट्न पुगेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/०७८ को पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको पुस महिनामा बैंकको बचततर्फको ब्याजदर र ऋण प्रवाहतर्फको ब्याजदर घट्न पुगेको छ ।

आर्थिक वर्ष ०७७/७८ पुस मसान्तसम्म बैंकिङ क्षेत्रमा बचततर्फको ब्याजदर औसतमा ५ प्रतिशत रहेको थियो । त्यसपछिका दुई वर्षमा निरन्तर उकालो लागेर आर्थिक वर्ष ०७९/८० को पुसमा ८.५१ प्रतिशत पुगेको ब्याजदर आर्थिक वर्ष ०८०/८१ को पुसमा घटेर ७.३२ र चालु आर्थिक वर्षका पुस मसान्तसम्म थप घटेर ४.७५ प्रतिशतमा आइपुगेको छ ।

त्यस्तै ऋणतर्फको ब्याजदर पनि चालु आर्थिक वर्षको पुस मसान्तसम्म पछिल्लो पाँच वर्षकै न्यून हुन पुगेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ०७७/७८ को पुस महिनामा ९.०९ प्रतिशत रहेको ऋणको ब्याजदर निरन्तर वृद्धि भएर आर्थिक वर्ष ०७९/८० को पुस महिनामा १२.७९ प्रतिशत पुगेको थियो । तर, त्यसपछि ०८०/८१ को पुस महिनामा घटेर ११.३८ हुँदै चालु आर्थिक वर्षको पुसमा पाँच वर्ष अगाडिको भन्दा कम ८.६९ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : १८ बजे

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा

सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री 

गण्डकी– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल

स्थानीय निकायबीच समन्वय हुनुपर्छ : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास

तातोपानी नाका व्यवस्थित बनाउन परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाकालाई थप

१३ वर्षीया बालिकामाथि घरबेटीको गिद्धेदृष्टि : आरोपित प्रहरीको नियन्त्रणमा

काठमाडौं – सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती