प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भयो : सुमना श्रेष्ठ « Khabarhub

प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भयो : सुमना श्रेष्ठ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रास्वपा सांसद सुमना श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राती एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी हुन् ।

प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शङ्का नगर्नुस् भन्ने गृहमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनले बताइन् । राजनीतिक हस्तक्षेप नहोस् भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उनले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् ।

त्यस्तै सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघमा आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गरे ।

त्यस्तै सांसद अब्दुल खानले माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरेका थिए । 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ३ : २२ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००