काठमाडौं– पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूहले सरकारसँगको वार्तामा सहमति नजुटेपछि फेरि आन्दोलन घोषणा गरेको छ। पछिल्लो पाँच वर्षमा नेपालका क, ख र ग वर्गका बैंकहरूको औसत निष्क्रिय कर्जा दोब्बर बढी पुगेको छ ।
आजदेखि देशका ७५३ वटै पालिकामा वाणिज्य बैंक पुगेको छ । प्रतिनिधिसभाले सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ ।
आजका आर्थिक समाचार :
सरकारसँग कुरा नमिलेपछि पाथीभरामा केबलकारविरुद्ध फेरि आन्दोलन घोषणा
पाथीभरमा केबलका निर्माणको विरोधमा उत्रिएको समूहले सरकारसँगको वार्तामा सहमति नजुटेपछि फेरि आन्दोलन घोषणा गरेको छ ।
यही शनिबार र आइतबारको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले ललितपुरबाट फेरि आन्दोलन घोषणा गरेको हो ।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका हुन् ।
बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा पाँच वर्षमा दोब्बर हुँदा ब्याजदर भने पाँच वर्षकै न्यून
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-76-768x454.png)
पछिल्लो पाँच वर्षमा नेपालका क, ख र ग वर्गका बैंकहरूको औसत निष्क्रिय कर्जा दोब्बर बढी पुगेको छ । तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा निरन्तर बढिरहँदा दोब्बर बढी हुन पुगेको हो ।
आर्थिक वर्ष ०७७/७८ को पुस महिनाको तुलनामा आर्थिक वर्ष ०७८/७९ को पुस महिनामा वाणिज्य र विकास बैंक समूहको निष्क्रिय कर्जा घट्न पुगेकोमा त्यस यताको सबै वर्षहरूमा भने ती समूहको निष्क्रिय कर्जामा निरन्तर वृद्धि भइरहेको छ ।
देशका सबै ७५३ पालिकामा पुगे वाणिज्य बैंक, बचत खाता पौने ६ करोड नाघ्यो
सुरक्षित कारोबार ‘पहिलो संशोधन’ विधेयक सर्वसम्मतले पारित
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-75-768x454.png)
प्रतिनिधिसभाले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए । उनले यस विधेयक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी दिए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेस
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-74-768x512.png)
प्रतिनिधिसभामा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त प्रतिवेदन पेस गरिएको छ । उपसभामुख इन्दिरा रानाको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त प्रतिवेदन सदनसमक्ष पेस गरेका हुन् ।
यस्तै उक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-73-768x506.png)
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।
गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग कीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताए।
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
नेपाल-भारत र बंगलादेशबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तय गरिने भएको छ । नेपालबाट भारत र बंगलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारण लाइन निर्माणका लागि भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमार्फत मोडालिटी तय गर्न लागिएको हो ।
नेपाल र भारतबीच मंगलबार हुने सचिवस्तरीय बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको टोली आज नयाँदिल्ली प्रस्थान गरेको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिपछि प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढाइनेछ ।
सर्लाहीका ४७ जना उखु किसान सम्मानित
इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित उन्नत जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई सम्मान गरेको छ । उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित किसान नगरपालिका– ९, विष्णुपुर निवासी उखु किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त बीउको प्रयोगबाट उखु उत्पादन बढेको तथा आधुनिक प्रविधिको प्रयोगबाट लागत घट्नुका साथै प्रतिकठ्ठा ५० क्वीन्टलसम्म उत्पादन बढेको बताइन् ।
संसद्मा रामहरिको प्रस्ताव- पहाडका गाउँ उजाड भइसके, बाँदरलाई चीनतिर बेचेर आम्दानी गरौँ
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/image-72-768x448.png)
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा बाँदरले आतंक मच्चाएको भन्दै समाधानको विकल्प खोज्न सरकारलाई आग्रह गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको विषयमा बोल्ने क्रममा खतिवडाले यस्तो बताएका हुन् ।
दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाले देशकै लागि समस्या बनेका बाँदर चीनलाई बेचेको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।
देशका सबै ७ सय ५३ पालिकामा वाणिज्य बैंक, बझाङको साइपालमा एभरेष्टको शाखा
देशका सबै पालिकाहरूमा ‘क’ वर्गका वाणिज्य बैंकहरूका शाखा पुगेका छन् । एभरेष्ट बैंकले बझाङको साइपाल गाउँपालिकामा सोमबार शाखा कार्यालय खोलेसँगै मुलुकका सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकहरूको सेवा पुगेको हो
बझाङको साइपाल गाउँपालिकामा सोमबार एभरेष्ट बैंक लिमिटेडको शाखा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् । राष्ट्र बैंकका अनुसार उक्त शाखाको उद्घाटनसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको हो ।
प्रतिक्रिया