एकीकृत समाजवादी गण्डकी कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली  « Khabarhub

एकीकृत समाजवादी गण्डकी कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली 


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो।

नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। १४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद भने रिक्त रहेका छन्।

अध्यक्षमा निर्वाचित कृष्णबहादुर नेपाली यसअघि गण्डकी प्रदेश कमिटीका सचिव थिए। तत्कालीन सचिव प्रतापलाल श्रेष्ठ एमालेमा फर्किएपछि नेपालीलाई सचिवको जिम्मेवारी दिइएको थियो। 

उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा तथा सहसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध चयन भएका छन्।

निर्वाचित अध्यक्षसहित सम्पूर्ण कमिटीलाई नेकपा ९एस० का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष मण्डलका प्रमुख राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। अधिवेशन माघ २६ र २७ गतेका लागि तय गरिएको भए पनि निर्विरोध नेतृत्व चयनको प्रक्रियाका कारण एक दिन थप गरिएको थियो। पार्टी स्रोतका अनुसार अध्यक्ष पदका आकांक्षी बढी भएका कारण सर्वसम्मत निर्णय लिन केही समय लागेको थियो। 

अध्यक्ष पदका लागि कृष्णबहादुर नेपालीसहित कास्कीका प्रेमप्रसाद पौडेल, स्याङ्जाका विष्णु गिरी, गोरखाका यादव बस्नेतलगायतको आकांक्षा रहेको थियो, तर अन्ततः नेपालीलाई नेतृत्वमा चयन गरीएको हो ।

अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधिहरू, विभिन्न जनसंगठन तथा मजदुर फाँटका गरी ४ सय प्रतिनिधिहरू सहभागी थिए। नवगठित प्रदेश कमिटीको कार्यकाल ४ वर्षको हुनेछ। अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न १२ वटा उपसमिति गठन गरिएको थियो।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ०० बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ