फेल हुने डरले सरकारले अध्यादेश अघि बढाएन : वर्षमान पुन | Khabarhub Khabarhub

फेल हुने डरले सरकारले अध्यादेश अघि बढाएन : वर्षमान पुन


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको बताएका छन् । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले केही अध्यादेशमा जसपा नेपाल समेत असन्तुष्ट रहेको अवस्थामा फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको बताएका हुन् । 

जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तर्वस्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलहरूसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उनले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरी अध्यादेश ल्याएको बताए । 

उपमहासचिव पुनले सरकारमा जान माओवादीलाई कुनै हतारो नरहेको र ८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको धारणा राखे । सरकार परिवर्तनका लागि प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेर बहादुर देउवालाई कुनै अफर नगरेको उनले बताए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ०६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’