देशका सबै ७५३ पालिकामा पुगे वाणिज्य बैंक, बचत खाता पौने ६ करोड नाघ्यो « Khabarhub

देशका सबै ७५३ पालिकामा पुगे वाणिज्य बैंक, बचत खाता पौने ६ करोड नाघ्यो


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरेसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुगेको छ ।

पछिल्लो पाँच वर्षको समयमा नेपालमा भौतिक र अभौतिक रूपमा भएको तीव्र विकाससँगै बैंकिङ क्षेत्रमा करिब सबै नेपालीको पहुँच पुगेको छ ।

आर्थिक वर्ष ०७७/७८ को पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको पुससम्म नेपालमा क, ख र ग वर्गका बैंकिङ संस्था, शाखा, ती संस्थाका बचतकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता, इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढेका छन् ।

तथ्यांकले आमज्ञनेपालीबीचमा पछिल्लो पाँच वर्षमा भौतिक र अभौतिक रूपमा बैंकिङ पहुँचको विस्तार भएको देखाएको हो ।

झण्डै ७ करोड बचत खाता, ३ करोडनजिक मोबाइल बैंकिङ प्रयोगकर्ता

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सम्बद्ध बचत खाताको संख्या ५ करोड ७९ लाख २५ हजार ७९५ पुगेको छ । जुन संख्या पाँच वर्षअगाडि अर्थात् आर्थिक वर्ष ०७७/७८ को पुससम्म ३ करोड ४६ लाख ७१ हजार ९४९ थियो ।

त्यस्तै समीक्षा अवधिमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४, डेबिट कार्डको संख्या १ करोड ३३ लाख ६३ हजार १७४, क्रेडिक कार्डको संख्या ३ लाख ६ हजार ६०५ र प्रिपेड कार्डको संख्या २ लाख १९ हजार १६४ पुगेको छ । जुन संख्या सहकारी संस्थाका प्रयोगकर्ताबाहेकको हो ।

पाँच वर्षअगाडि अर्थात् आर्थिक वर्ष ०७७/७८ को तुलनामा नेपालमा बचत खाता, ऋण खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायतको संख्या ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ३३ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६