देशका सबै ७५३ पालिकामा पुगे वाणिज्य बैंक, बचत खाता पौने ६ करोड नाघ्यो « Khabarhub

देशका सबै ७५३ पालिकामा पुगे वाणिज्य बैंक, बचत खाता पौने ६ करोड नाघ्यो


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा उद्घाटन गरेसँगै ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुगेको छ ।

पछिल्लो पाँच वर्षको समयमा नेपालमा भौतिक र अभौतिक रूपमा भएको तीव्र विकाससँगै बैंकिङ क्षेत्रमा करिब सबै नेपालीको पहुँच पुगेको छ ।

आर्थिक वर्ष ०७७/७८ को पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको पुससम्म नेपालमा क, ख र ग वर्गका बैंकिङ संस्था, शाखा, ती संस्थाका बचतकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता, इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढेका छन् ।

तथ्यांकले आमज्ञनेपालीबीचमा पछिल्लो पाँच वर्षमा भौतिक र अभौतिक रूपमा बैंकिङ पहुँचको विस्तार भएको देखाएको हो ।

झण्डै ७ करोड बचत खाता, ३ करोडनजिक मोबाइल बैंकिङ प्रयोगकर्ता

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सम्बद्ध बचत खाताको संख्या ५ करोड ७९ लाख २५ हजार ७९५ पुगेको छ । जुन संख्या पाँच वर्षअगाडि अर्थात् आर्थिक वर्ष ०७७/७८ को पुससम्म ३ करोड ४६ लाख ७१ हजार ९४९ थियो ।

त्यस्तै समीक्षा अवधिमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार ११७, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या २१ लाख १८ हजार ३८४, डेबिट कार्डको संख्या १ करोड ३३ लाख ६३ हजार १७४, क्रेडिक कार्डको संख्या ३ लाख ६ हजार ६०५ र प्रिपेड कार्डको संख्या २ लाख १९ हजार १६४ पुगेको छ । जुन संख्या सहकारी संस्थाका प्रयोगकर्ताबाहेकको हो ।

पाँच वर्षअगाडि अर्थात् आर्थिक वर्ष ०७७/७८ को तुलनामा नेपालमा बचत खाता, ऋण खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड लगायतको संख्या ठूलो वृद्धि भएको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ३३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन