यस्तो बन्यो ‘ताण्डवम्’को ट्रेलर « Khabarhub

यस्तो बन्यो ‘ताण्डवम्’को ट्रेलर


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जुनिम गहतराजको निर्देशन रहेको फिल्म ‘ताण्डवम्’को ट्रेलर रिलिज गरिएको छ । काठमाडौंको जमलस्थित एक फिल्म हलमा सोमबार आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलर पछिल्लो समय नेपालमा निर्माण भइरहेका फिल्मभन्दा भिन्न देखिन्छ ।

निर्माण पक्षका अनुसार यो फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको हो । कथा खुल्ने भएकाले ट्रेलरमा धेरै कुरा अटाउन नसकिएको बताए ।

उनले भने, ‘हाम्रो फिल्ममा सन्सपेन्स खुराक धेरै छ । कथा खुल्ने डरले ट्रेलरमा राख्नुपर्ने विषय पनि राखेका छैनौं ।’

दर्शक हलमा पुगेपछि निराश हुनु नपर्ने गरी फिल्म निर्माण गरेको निर्देशक गहतराजको दाबी छ ।

यो फिल्म महाशिवरात्रि लक्षित गरी फागुन ९ गतेबाट प्रदर्शनमा राखिएको छ ।

फिल्मा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । चल्तीका स्टारलाई नलिइ गहतराजले फिल्म निर्माण गरेका छन् ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोको सहकार्यमा फिल्म निर्माण गरेको हो । यसका निर्माताहरु धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ०२ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार