भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु « Khabarhub

भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धरान– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

आज चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका–१ का २५ वर्षीय समर राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । 

ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ३९ बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा