भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु « Khabarhub

भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धरान– यहाँको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ ।

आज चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटी चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका–१ का २५ वर्षीय समर राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। मृतकको शव धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ । 

ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ७ : ३९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा