गृहमन्त्री र ‘नो केबलकार’ समूहबीच भेट « Khabarhub

गृहमन्त्री र ‘नो केबलकार’ समूहबीच भेट


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखक र नो केवलकार समूह बीचको छलफल भएकाे छ। छलफलमा नो केबलकार समूहले गृहमन्त्रीसँग आफू सहितको टोली सहभागी गराएर वार्ता गराउन भनेका थिए । तर गृहमन्त्रीले सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएकाले उनीहरुसँगै वार्ता गर्न सुझाव दिए ।

‘यहाँहरूले गृहमन्त्री भएन अथवा सरकारको पक्षबाट वार्ता गर्ने कोही भएन भनेर चित्त नदुखाउनुहोला ।’ गृहमन्त्री लेखकले भने, ‘यहाँहरूसँग आधिकारिक वार्ता गर्नका लागि नै त्यो टोली बनाइएको हो। केही पुगेको छैन भने त्यसमा अझै थपघट गर्न सकिन्छ तर गृहमन्त्री नै समावेश भएको अर्को वार्ता टोली बनाउन अहिलेसम्म छैन।’

वार्तामा नेपाल सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराई टोलि नै आधिकारिक वार्ता टोली भएको गृहमन्त्रीले आन्दोलनकारीलाई बताएका थिए ।

आन्दोलनकारीले केबलकार निमार्ण रोकेर पाथीभरालाई जस्तो अवस्थामा छ उस्तै छाडिदिन अडान कायम राखेका छन् । तर सरकार पक्ष मानेको छैन ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ४४ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल