रविलाई ६० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत पुग्यो सरकार « Khabarhub

रविलाई ६० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत पुग्यो सरकार


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटनले लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको माघ २ गतेको आदेशविरुद्ध पाटन उच्च अदालतमा निवेदन दर्ता गराएको हो ।

पूर्वउपप्रधान तथा गृहमन् लामिछानेलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी प्रकरणमा गत माघ २ गते ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

लामिछानेका लागि प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि उनी माघ २ गते नै रिहा भइसकेका छन् । रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत पुस २५ गते साँझ ६५ लाख धरौटी बुझाएर कास्कीबाट छुटेका थिए ।

त्यसपछि स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाएर चलाइएको मुद्दामा उनी हाजिर भएका थिए । त्यसपछि उनलाई अदालतले हिरासतमा पठाएको थियो।

स्वर्णलक्ष्मी सहकारीबाट रविसहितले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोपसहित मुद्दा चलाइएको थियो । काठमाडौंपछि रुपन्देही र चितवन अदालतले पनि रविलाई क्रमश: एक करोड र ५४ लाख धरौटी लिएर रिहा गर्न आदेश दिइसकेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ५५ बजे

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ आज, सुनुवाइ समितिमा १६ उजुरी सांसदलाई वितरण

काठमाडौँ – संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा.

‘प्लेकार्ड बोकेर लोकतान्त्रिक अभ्यास गरेका हौँ, बाधक भए नियमावली फेरौँ’

काठमाडौँ- श्रम संस्कृति पार्टीका महासचिव आरेन राई युवा नेता हुन्