चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा होइन :नारायणकाजी श्रेष्ठ « Khabarhub

चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र माओवादी केन्द्रको कार्यदिशा होइन :नारायणकाजी श्रेष्ठ


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव लड्ने, जित्ने र सरकार बनाउनेमात्र आफ्नो पार्टीको कार्यदिशा नभएको बताएका छन् ।

पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै आज उनले माओवादी केन्द्र जनअधिकार र सुविधाका लागि सरकार, सदन र सडक गरी तीनै मोर्चाबाट लडिरहने बताए ।

उनले भने, “पार्टीले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक रूपान्तरणका लागि लडिरहेको छ ।”

नेता श्रेष्ठले आफ्नो पार्टीको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जिकिर गरे । उनले वर्तमान सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित हुन नहुनेसमेत बताए।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की र दुर्गाजयन्ती राई, केन्द्रीय सदस्य ध्रुब बुढाथोकीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ३६ बजे

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा