विवाह गर्ने उमेर नपुग्दै आमा « Khabarhub

विवाह गर्ने उमेर नपुग्दै आमा


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ – ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा चुनौती देखिएको छ । कानुनले २० वर्षअगावै बिहे गर्न वर्जित गरेपनि दुर्गम गाउँमा अझै बालविवाह व्याप्त छ । यहाँको निसीखोला गाउँपालिकाभित्र २० वर्ष नपुग्दै आमा हुनेको सङ्ख्या अधिक छ ।

निसीखोला गाउँपालिकामा एक वर्षमै २० वर्षमुनिका ५८ जना आमा बनेका छन् । गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा सुत्केरी भएका २१३ मध्ये ५८ जना २० वर्षभन्दामुनि सुत्केरी भएका हुन् । त्यसैगरी चालु आवमा १८ जना २० वर्षमुनिका सुत्केरी भएको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ ।

अझै पनि चेतनाको अभावमा दुर्गम गाउँमा बालविवाह व्याप्त रहेको निसीखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताए । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा ५० प्रतिशत गर्भवती घरमै सुत्केरी हुने गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ४५ बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न