कार्नी क्यानडाको प्रधानमन्त्री बन्दै : कस्तो बन्ला ट्रम्पसँगको सम्बन्ध ? « Khabarhub

कार्नी क्यानडाको प्रधानमन्त्री बन्दै : कस्तो बन्ला ट्रम्पसँगको सम्बन्ध ?

लिबरल पार्टीलाई ८५ प्रतिशत मत


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। लिबरल पार्टीको नेतृत्वमा निर्वाचित उनी क्यानडाको केन्द्रीय बैंकका पूर्व गभर्नर समेत हुन्।

यसअघि पद छाड्दै गरेका प्रधानमन्त्री जस्टिन ट्रेडेउले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामानमा लगाएको करलाई लक्षित गर्दै अहिले क्यानडाले विपक्षीबाट खतराको सामना गरी रहेको बताएका थिए। क्यानडाको निर्वाचनपछि भने ट्रम्पले कुनै प्रतिक्रिया जनाएका छैनन्।

आइतबार भएको लिबरल पार्टीको मतदानमा कार्नीले ८५ दशमलव ९ प्रतिशत मत पाएका हुन्।

अन्य तीन प्रतिद्वन्द्वीलाई सहजै हराएका उनले २० अक्टोबरमा हुने आम निर्वाचनमा पनि लिबरल पार्टीको नेतृत्व गर्नेछन्। आफ्नै पार्टीबाट राजीनामाको दबाब आएपछि ट्रेडेउले जनवरी महिनामा नै पद त्यागेका थिए। त्यसपछि उनी काम चलाउ प्रधानमन्त्रीका रुपमा थिए।

जितपछि कार्नीले ट्रेडेउले आफूलाई लिबरल पार्टीको राजनीतिमा लाग्न प्रेरित गरेको बताए। उनले अब लिबरल पार्टी एकजुट भएको प्रतिक्रिया दिए। विजय उत्सव कार्यक्रममा बोल्दै उनकी छोरी क्लेओले बाबुलाई प्रतिविद्धतामा अडिग व्यक्तिको रूपमा लिएको बताइन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ६ : २६ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका